नियम १३
पेशागत आचरण
(१) ऐनको दफा १८ को उपदफा (१) को खण्ड (ख) को प्रयोजनको
लागि दर्तावाला स्वास्थ्य व्यवसायीहरूले स्वास्थ्य व्यवसाय गर्दा देहाय बमोजिमको
पेशागत आचरणको पालना गर्नु पर्नेछ ः-
(क) अनुशासन तथा इमान्दारीताः अनुशासित रूपमा ईमान्दारीताका
साथ स्वास्थ्य व्यवसाय गर्नु पर्नेछ ।
(ख) शिष्टता तथा गोप्यता कायम राख्नेः स्वास्थ्य व्यवसायको क्रममा
सम्पर्कमा आउने व्यक्तिहरूसँग शिष्ट व्यवहार गर्नु पर्नेछ ।
कसैको व्यक्तिगत जीवनको बारेमा वा स्वास्थ्यको बारेमा
आफूलाई जानकारी भएको कुरा प्रचलित कानून बमोजिम
कसैलाई बताउनु पर्ने अवस्थामा बाहेक अन्यत्र कतै व्यक्त गर्न
हुँदैन ।
(ग) भेदभाव गर्न नहुने :व्यावसायिक ज्ञान र सीपको प्रयोग गर्दा
धर्म, वर्ण, लिङ्ग र सामाजिक जातजाति वा अन्य कुनै पनि
कुराको आधारमा कुनै पनि व्यक्ति उपर भेदभाव गर्नु हँुदैन ।
(घ) जिम्मेवारीभित्रको काम मात्र गर्नु पर्ने : आफूले अध्ययन गरेको
विषय वा हासिल गरेको ज्ञान र सीपसँग सम्बन्धित क्षेत्रभित्रको
मात्र कार्य वा सुझाव वा सिफारिस गर्नु पर्नेछ । आफ्नो
जिम्मेवारी तथा कार्य क्षेत्रभित्र नपर्ने विषयमा सम्बन्धित
विषयको ज्ञान र दक्षता हासिल गरेको विशेषज्ञ कहाँ सिफारिस
गर्नु पर्नेछ ।
(ङ) स्वास्थ्य व्यवसायमा आँच आउने कार्य गर्न नहुने :- सेवा वापत
पाउने पारिश्रमिक भत्ता तथा अन्य सुविधा बाहेक पेशागत
व्यवसायको प्रचार प्रसार गरी कुनै किसिमको अनुचित आर्थिक
लाभ प्राप्त गर्न वा स्वास्थ्य व्यवसायको सेवामा आँच आउने
किसिमको कुनै अनुचित क्रियाकलाप गर्न हँदैन ।
(च) व्यक्तिगत उत्तरदायित्व : स्वास्थ्य व्यवसायीले व्यवसायको
सन्दर्भमा आफूले गर्ने प्रत्येक काम व्यक्तिगत रूपमा उत्तरदायी
हुने गरी गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निर्धारित पेशागत आचरणको पालना गर्नु गराउनु
सम्बन्धी सबै स्वास्थ्य व्यवसायीहरूको कर्तव्य तथा जिम्मेवारी हुनेछ ।
(३) उपनियम (१) बमोजिम निर्धारित पेशागत आचरणको पालना नगरेमा
पेशागत आचरणको उल्लंघन गरेको मानिनेछ ।